
३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।
अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4