
३० असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । २९ असार, बुधबार दुई कम्पनीबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा मर्जर सम्बन्धी सम्झौतामा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका छन् ।
मर्जर सम्झौता सँगै नेप्सेमा दुबै कम्पनीको कारोबार रोक्का भएको छ । दुइ कम्पनीबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप)रेसियोमा मर्जर सम्झौता भएको हो ।
यही असार मसान्तमा प्रारम्भिक सम्झौता गरेर २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने कम्पनीका सेयरधनीले २ वर्षसम्म पूँजीगत लाभकर र लाभांशमा लाग्ने करमा छुट पाउनेछन् ।
तर असार मसान्तपछि मर्जर सम्झौता गर्ने कम्पनीको लागि उक्त कर छुटलाई निरन्तरता बजेटले दिएको छैन ।
प्रतिक्रिया 4