
३० असार, सप्तरी । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ बस्ने ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
डीएसपी काफ्लेका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.४प १३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइत भएका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4