
३० असार, काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।
भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4