
३० असार, काठमाडौं । प्राय : पानीमाथि तैरिरहेको पातमा हिड्न रुचाउने चरा जल अप्सरा मनसुनमा देखिन थालेका छन् ।
ललितपुर महानगरपालिकाको धापाखेलमा रहेको नागदहमा हिजोआज जल अप्सरा देखिन थालेका हुन् ।
यो सुन्दर चरा यही सयममा बचेरा कोरल्नको लागि यहाको नागदहमा आउने गर्छन् । यीनिहरुले पोखरीको बीच भागका पातहरुमा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन् ।
लामो पुच्छर र लामो खुट्टा भएको यो चरा पोथीको मर्जीमा चल्ने गर्छन्।
अंग्रेजीमा ‘पिजेन्ट टेल ज्याकाना’ भनिने यो चराको भने भाले ओथारो बस्छ। भालले बचेरा कोरल्छ र हुर्काउँछ । तर पोथी भने अण्डा कोरल्दासम्म भालेसँग रोमान्स गरेर बस्छ। त्यसपछि फेरि अर्को भालेको खोजीमा लाग्छ।
तर हिउँदको समयमा यो सुन्दर चराको पुच्छरको लामो भाग आफै हराएर जान्छ ।
हेर्नुसु तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4