
३० असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ ।
बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए ।
तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे । ‘आफैं काम गर्ने, आफैं अनुगमन गर्ने, आफैं परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ? यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न’, उनले भने ।
आफ्नो समेत ध्यानाकर्षण गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4