
३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रतिनिधि सभामा प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको संज्ञा दिएकी छन् ।
प्रतिनिधि सभामा २०७५ साउन २२ गतेदेखि बिचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ । उक्त नयाँ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै माओवादी सांसद सुवेदीले प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको संज्ञा दिएकी हुन् ।
उनका अनुसार पूर्ववर्ती सरकारले ल्याएको नागरिकता विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले दफावार छलफल गरेर सरल बनाएको थियो । उनका भनिन्, ‘आमाका नामबाट नागरिकता दिन सरल विधि तय गरिएको थियो । वंशीय आधार लंगिक पहिचानका आधारमा नागरिकता दिन सकिने व्यवस्था गरिएको थियो । परिवारले पहिचान गर्न अस्वीर गरेमा छानबिन गरेर सिडिओले नागरिकता दिन सक्ने व्यवस्था गरिएको थियो ।’
‘संविधानमा वैवाहिक अंगीकृत नागरिकता संघीय कानुन बमोजिम भनिएको थियो । ती कुरा यहाँ (.प्रस्तुत विधेयक)मा छैन् । राज्य व्यवस्था समितिमा मिलेका विषय नल्याउँदा संविधान विरोधी देखिन्छ’ सुवेदीले भनिन् ।
प्रतिक्रिया 4