
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ ।
बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन् ।
अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।
प्रतिक्रिया 4