
काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले चिकित्सक पनि हुन् । उनले बिहीबार त्रिभुवन विश्वविद्यालयबाट रोगविज्ञान (प्याथोलोजी)मा स्वर्ण पदक प्राप्त गरेकी छन् ।
मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विज्ञप्ति जारी गर्दै वर्तमान मिस नेपाल अर्थले त्रिभुवन विश्वविद्यालयलाई गोल्ड मेडल प्राप्त गरेको जनाएको छ । यो वर्ष सरिशाको दुवै हातमा लड्डु प्राप्त भएको जस्तो देखिएको छ ।
यस वर्ष उनले मिस नेपालको महत्वपूर्ण टाइटल जितिन् भने अर्कोतिर त्रिविबाट गोल्ड मेडल । पढाइमा समेत अब्बल सरिशाको भविष्यको योजना वातावरण क्षेत्रमा काम गर्नु रहेको छ ।
निकट भविष्यमा हुने मिस अर्थ प्रतिस्पर्धामा नेपालको जलवायु मुद्दालाई उठाउने उनको तयारी छ । यसपटकको मिस नेपालमा ६ जना चिकित्सक सुन्दरीले भाग लिएका थिए, जसमध्ये सरिशा अब्बल ठहरिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4