
३० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रहरुले उद्देश्य अनुरुप काम नगरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ । महालेखाको प्रतिवेदनको ५९ औं बुँदाले भनेको छ, ‘विश्वविद्यालयको लागि गत विगतदेखि अनुसन्धानात्मक कार्यहरु गरेको देखिएन ।’
प्रतिवेदन अनुसार अनुसन्धान केन्द्रहरुले यो वर्ष २७ लाख ७६ हजार आम्दानी गरेको छ भने ६ करोड ३८ लाख खर्च देखिएको तर विश्वविद्यालयका लागि भने अनुसन्धानात्मक कार्यहरु नगरेको पाईएको उल्लेख गरेको छ । महालेखाले अनुसन्धान केन्द्रहरुलाई उद्देश्य अनुरुप अनुसन्धान कार्यमा केन्द्रित हुनुपर्छ भनेर सुझाव दिएको छ ।
विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम ३३ मा विश्वविद्यालयमा अनुसन्धानात्मक कार्यसम्पादन गर्न गराउन नेपाल र एसियाली अनुसन्धान केन्द्र, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र शिक्षा विकास तथा अनुसन्धान केन्द्र समेत ४ अनुसन्धान केन्द्र सञ्चालनमा छन् ।
प्रतिक्रिया 4