+

डेम्बेले थप दुई वर्ष बार्सिलोनामै रहने

२०७९ असार  ३० गते १८:०१ २०७९ असार ३० गते १८:०१
डेम्बेले थप दुई वर्ष बार्सिलोनामै रहने

३० असार, काठमाडौं । बार्सिलोनाका फ्रान्सेली स्ट्राइकर उस्मान डेम्बेलेले बार्सिलोनासँगको सम्झौता थप दुई वर्षका लागि नवीकरण गरेका छन् ।

२५ वर्षीय डेम्बेले अब २०२४ जुन ३० सम्म नोउ क्याम्पमै रहने निश्चित भएको हो ।

उनी पहिलोपल्ट सन् २०१७ मा बार्सिलोनामा आवद्ध भएका थिए । उनी ९६.८ मिलियन पाउण्डमा अनुबन्ध भएका थिए ।

उनले बार्सिलोनाबाट १५० खेल खेल्दै ३२ गोल र ३४ असिस्ट गरेका छन् ।

बार्सिलोनामा रहँदा अघिकांश समय उनलाई चोटले दुःख दिएको थियो । उनले गत सिजनमा ३२ खेल मात्र खेल्ने मौका पाए जसमा २ गाेल र १३ असिस्ट गरेका थिए ।

उस्मान डेम्बेले बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय