
३० असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगाह जमिनमा मोही कायम १२ बिगहामा स्वामित्व विवाद देखिएको छ ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार विश्वविद्यालयको केन्द्रिय कार्यालय र १२ आंगिक क्याम्पसको स्वामित्वमा तराईमा १ हजार ७१८ बिगाह १८ कठ्ठा र पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेको छ ।
उक्त जग्गा मध्ये ४०८ बिगाहमा मोही कायम रहेको र १२ बिगहामा स्वामित्व विवाद देखिएको छ ।
दाङको बेलझुण्डी क्षेत्रमा रहेको ३२६ बिगाह जग्गा २०५८ देखि अतिक्रमणमा परेको कारण भोगचलन गर्न र आय आर्जनमा उपयोग हुन सकेको छैन । विश्वविद्यालयले सम्पत्तिको उचित संरक्षण गरी उपयोग गर्नुपर्दछ प्रतिवेदनले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4