
२० असार, काठमाडौं । चीन सरकार कोभिड प्रोटोकल पालना गर्दै दुईतर्फी रुपमा रसुवागढी नाका सञ्चालन गर्न सहमत भएको छ । नेपाल र चीनका अधिकारीहहरुबीच बिहीबार भएको भर्चुखल छलफलमा यस्तो सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
नेपाल-चीन सीमा व्यवस्थापन सम्बन्धि उक्त बैठकमा रसुवागढी नाका खोल्नेबारे नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एशिया डिभिजन प्रमुख लोकबहादुर थापा र चीनकातर्फबाट सीमा विभागका निर्देशक हङ लिङले सहमति जनाएका हुन् । सहमतिमा कहिलेदेखि नाका सञ्चालनमा ल्याइने भन्ने खुलाइएको छैन ।
२०७७ भदौ १६ मा नेपाली श्रमीकमा कोरोना देखिएपछि रसुवागढी नाका बन्द चिनियाँ पक्षले बन्द गरायो । २९ माघमा २०७७ मा एकतर्फी रुपमा नाका चीनले खुला गरेको थियो ।
प्रतिक्रिया 4