
काठमाडौं । अटिजम रोग पीडित व्यक्ति र यसको सामाजिक तथा मनोवैज्ञानिक प्रभावको कथावस्तुमाथि बनेको फिल्म ‘कृष्णलीला’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।
पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्ममा रोमान्स र प्रेमको पाटो पनि समेटिएको छ । अटिजम पीडित युवकले एक महत्वाकांक्षी युवतीलाई मन पराएपछि आउने उतारचढाव यसको कथावस्तु हो ।
कृष्ण जन्माष्टीको छेकोमा भदौ ३ गते प्रदर्शन हुने तयारीमा रहेका फिल्मका गीत यसअघि नै हिट छन् । दीपक ओली निर्देशित फिल्ममा लक्ष्मण सुवेदीको पटकथा, शिव ढकाल र बाबु सुवेदीको छायांकन रहेको छ ।
प्रकाश कार्की र केवल तामाङको निर्माण रहेको फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, रविन्द्र झा, हिउँवाला गौतम लगायतको अभिनय छ । कोरोना महामारीका कारण फिल्मको प्रदर्शनमा ढिलाइ भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4