
काठमाडौं । मेलिना राई र सुदन गैरेको स्वरमा ‘अम्रिका’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द र सुवास भुसालको संगीत रहेको छ ।
डान्सिङ शैलीको यो गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । डीभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथा भिडियोमा चित्रण गरिएको छ । भिडियोको निर्देशक गणेश शही हुन् ।
भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी , पवन सुस्लिङको छायांकन र दिन्सन शाहको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4