
३१ असार, काठमाडौं । सनराइज बैंकले वैदेशिक ऋण भित्र्याएको छ । स्वीट्जरल्यान्डको संस्था सिम्बायोटिक्सबाट १ करोड ८६ लाख अमेरिकी डलर अर्थात करिब २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतीमा ३ वर्षका लागि उक्त ऋण भित्र्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्राउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकको विश्वास छ । प्राप्त विदेशी ऋण लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ ।
उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्धत गर्ने बैंकको विश्वास छ ।
सिम्बायोटिक्सले सनराइज बैंकको वित्तीय सूचकांक, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकांकलाई समेत मध्यनजर गरी सो ऋण प्रदान गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4