+

लिसान्द्रो मार्टिनेज म्यानचेस्टर युनाइटेडमा आवद्ध

२०७९ असार  ३१ गते १५:५४ २०७९ असार ३१ गते १५:५४
लिसान्द्रो मार्टिनेज म्यानचेस्टर युनाइटेडमा आवद्ध

३१ असार, काठमाडौं । अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेज इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । उनी यसअघि नेदरल्याण्ड्सको आयाक्समा व्यवसायिक फुटबल खेलिरहेका थिए ।

सन् २०१९ यता आयाक्सका लागि खेलिरहेका मार्टिनेजका लागि युनाइटेडले करिव ५० मिलियन पाउण्ड खर्चिएको जनाइएको छ ।

२४ वर्षीय मार्टिनेजलाई अनुबन्ध गर्ने दौडमाा अर्को इंग्लिस क्लब आर्सनल पनि थियो । तर, मार्टिनेजले आयाक्ससँग आफू आर्सनल जान नचाहेको बताएका थिए ।

युनाइटेडमा आयाक्सका पूर्व प्रशिक्षक एरिक टेन हाग जिम्मेवारीमा रहेकाले पनि मार्टिनेजले ओल्ड ट्राफोट रोजेका हुन् । उननी सेन्टर ब्याक, लेफ्ट ब्याक र डिफेन्सिभ मिडफिल्डर तीनै पोजिसनमा खेल्ने क्षमता राख्छन् ।

गत सिजन आयाक्सले डच लिगको उपाधि जित्दा मार्टिनेज क्लबका सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

सोही कारण टेन हागले आफूसँग काम गरेका डिफेन्डरलाई भित्र्याउन चाहेका थिए । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट समेत खेलिरहेका उनको आगमनले युनाइटेडको रक्षात्मक पङ्क्ति बलियो पार्न मद्दत पुग्नेछ ।

म्यानचेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय