
३१ असार, काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जित संविधानको पक्षधर र लोकतन्त्रवादीहरुको जित भएको बताएकी छन् ।
उपसभामुखमा विजयी भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन हो ।’
खुसी हुनुको कारण दिँदै उनले थपिन्, ‘लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भयो र संसदको सबै पदहरुले पूर्णता पाएको छ ।’
तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । चुनावमा भुसाल र एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा थिए । १४८ मत ल्याएर भुसाल विजयी भइन् । भट्टराईले ९३ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4