+
+

कर्मचारी सञ्चय कोषको व्याजदर परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:१२

३१ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७९/८० देखि व्याजदर परिवर्तन गर्ने भएको छ । कोषले १ साउनदेखि सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ व्याजदर
परिवर्तन गरेका हो ।

कोषले सञ्चयकर्ता/योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तिभरण कोषमा प्रदान गर्ने व्याजदर ८ प्रतिशत कायम गरेको छ भने सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक व्याजदर विशेष सापटीमा ९.१० प्रतिशत, घर सापटी, घर मर्मत सापटी तथा शैक्षिक सापटीमा ९.७५ प्रतिशत र जग्गा खरिद सापटी र सरल चक्र कर्जामा १०.२५ प्रतिशत तोकेको छ ।

साथै धितोमा आधारित कर्जाको व्याज त्रैमासिक रूपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धित त्रैमासमा पाकेको व्याजमा ०.२५ प्रतिशतले रिवेट(छुट) दिने कोषले जनाएको छ ।

साबिक (आव २०७८/७९) को लागि सञ्चय कोष रकम र निवृत्तीभरण कोष रकममा ६.५० प्रतिशत व्याज दिइरहेको कोषले विशेष सापटीमा ७.६० प्रतिशत एवं घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.९० प्रतिशत व्याज कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?