
३१ असार, काठमाडौं । बजेटले विभेद गरेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरुले कर्मचारी कटौती सुरु गरेका छन् ।
औद्योगिक क्षेत्रमा रहेका एमएस वायर रडमा आधारित पायोनियर, प्रिमियर वायर, हुलास वायर, कमला स्टिल र अरिहन्त वायरले कर्मचारी कटौती गर्दै उद्योग बन्दको प्रक्रिया सुरु गरेको उद्योग संगठन मोरङले जनाएको छ ।
करिब ५ वटा उद्योगहरुको यस्तो नीतिका कारण करिब एक हजार कर्मचारीको रोजगारी कटौती हुने संगठनका निवर्तमन अध्यक्ष भीम घिमिरेले बताए । बजेटको विभेदकारी नीतिका कारण अन्तशुल्क बढेको र यसले उद्योग सञ्चालन हुनै नसक्ने अववस्था सृजना भएको उनले बताए ।
केही उद्योगले श्रमीक कटौती सुरु गरेको र केहीले भएको कच्चा पदार्थ सकिनासाथ उद्योग बन्द र कर्मचारी कटौतीको जानकारी संगठनमा पठाइएको घिमिरेले बताए ।
श्रम कार्यालय विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङमा पठाइएको सूचनाअनुसार हुलास वायर, प्रिमियर वायर, कमला स्टिल र अरिहन्त वायरले श्रमिक र कर्मचारी कटौतीको निर्णय गरेका छन् ।
प्रतिक्रिया 4