
३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै आलोचना गरेका छन् ।
शनिबार बैठकमा बोलेका उनीहरुले देउवाले भ्रातृ संगठनहरु नेविसंघ र तरूण दल गठन गर्दा नेता शेखर कोइरालासँग सामान्य छलफल समेत नगरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरूङलाई मनोनित गरेका थिए । सहमहामन्त्री बद्री पाण्डेले पार्टीको ४० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने नेता शेखरसँग छलफल नै नगरिएको बताए ।
अर्का सहमहामन्त्री परियारले भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै आलोचना गरे ।
गत आइतबार सुरु केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शनिबार मन्त्रीहरुले बोलेपछि पदाधिकारीहरुले बोल्न सुरु गरेका छन् ।
प्रतिक्रिया 4