३२ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियाले नेपाललाई २०० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनायो ।
नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।
बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २- २ तथा वसिर अहमदले १ विकेट लिए ।
नामिबियाविरुद्ध ४ विकेट लिएपछि लिग टु मा सन्दीपको विकेट संख्या ४१ पुगेको छ र उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा उक्लेका छन् ।
ओमानका बिलाल खानले सर्वाधिक ७६ विकेट लिएका छन् । लिग टु मा नेपालले खेलेको सबै १९ खेल खेल्ने सन्दीप नेपालका एक्ला खेलाडी हुन् ।
प्रतिक्रिया 4