
काठमाडौं । कार्तिक आर्यन र कृति सेनन स्टारर ‘शाहजादा’को प्रदर्शन मिति घोषणा भएको । मनिषा कोइरालाको समेत मुख्य भूमिका रहेको फिल्म १० फेब्रुअरी २०२३ मा रिलिज हुने भएको छ ।
रोहित धवन निर्देशित यो फिल्म अब भने प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको छेकोमा प्रदर्शन हुनेछ । यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे स्टारर दक्षिण भारतीय ‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेक रहेको बताइएको छ ।
टी सिरिजले निर्माण गरेको फिल्मलाई भारत र मौरिससमा छायांकन गर्ने जनाइएको छ । यो कमेडी एक्सन फिल्मले दुई शिशुको कथा पेश गर्छ । धनी परिवारको शिशुलाई गरिब परिवारमा साटिंदा यसले ल्याउने उतारचढावको कथा यसमा समेटिएको छ ।
फिल्ममा परेश रावल, रोनित रोय लगायतको समेत अभिनय छ । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै कार्तिकले आफूले अहिलेसम्म नगरेको भूमिका यो फिल्म गर्न लागेकाले उत्साहित रहेको बताएका थिए ।
मनिषाले गत साता मात्र सञ्जयलीला भन्सालीको नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’को सेट ज्वाइन गरेकी थिइन् । बलिउड मूलधारको महत्वपूर्ण फिल्म ‘शाहजादा’लाई मनिषाको महत्वपूर्ण फिल्म मानिएको छ । उनी पछिल्लोपटक राजकुमार हिरानीको ‘सञ्जु’मा देखिएकी थिइन् ।
प्रतिक्रिया 4