
१ साउन, काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।
विमान खसे लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि पजमानमा आगो लागेको थियो । एक प्रत्यक्षदर्शीले भने, विस्फोटको आवाज सुनेर म बाहिर निस्किँदा आगो बलिरहेको थियो ।’
विमानमा चालक दलका ८ जना सदस्य थिए ।
– एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4