
१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त स्वयम्भुको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनलाई दिएको छ ।
गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई केन्द्रीय कारागार, सुन्धारामा साथी भेट गराइदिन सहजिकरण गरेको देखिएपछि केसी जिम्मेवारीबाट हटाइएका थिए । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा गठित छानबिन समितिले केसीले नियतवस नभइ लापरबाही गरेर प्रहरी आचरण विपरीतको काम गरेको निष्कर्ष निकालेको थियो ।
यसका लागि उनलाई विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको थियो । त्यसपछि रिक्त रहेको स्वयम्भु प्रहरीको नेतृत्वमा प्रहरी प्रधान कार्यालयले हालै महर्जनलाई पठाएको हो ।
समिरका साथी अमृत केसी भन्ने व्यक्ति कारागार पुगेको दिन सार्वजनिक बिदा थियो, सामान्यतया बिदाको दिन बाहिरका मान्छेलाई कैदी बन्दी भेट्न दिइँदैन ।
तर डीएसपी केसीले आफू पनि त्यहाँ पुगेका बेला भेट गर्न सहजिकरण गरिदिएको छानबिनबाट खुलेको तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताएका थिए ।
उनका अनुसार वृत्तको प्रमुखले आफ्नो क्षेत्र छाड्दा जानकारी गराउनुपर्नेमा त्यो पनि नगराएको देखिएकाले डीएसपी केसीलाई कारबाहीको सिफारिस गरिएको थियो ।
प्रतिक्रिया 4