
१ साउन, तनहुँ । साउन महिनामा महिलाहरुले मेहन्दी लगाउने चलन छ ।
त्यसैलाई ध्यानमा राखेर मेहन्दी उत्सव नाम दिएर लियो क्लब अफ तनहुँ सत्यवति र लायन्स क्लब अफ तनहुँ सत्यवतिले महिलाहरुलाई मेहन्दी लगाइदिएका छन् ।
लियो क्लब अफ तनहुँ सत्यवतिकी अध्यक्ष पूर्णिमा क्षेत्रीले आफूहरुले हरेक वर्ष मेहन्दी उत्सव गर्दै आएको बताइन् ।
उत्सवका अवसरमा तनहुँको व्यास नगरपालिका वडा नं. ३ स्थित अनसन चौतारीमा निशुल्क मेहन्दी लगाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4