१ साउन, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नाडेजलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेका छ ।
भिसा नपाएपछि उनी टिमसँग अमेरिका जानबाट वञ्चित भएका छन् ।
कतारका अल सादमा खेलाडी रहँदा तीन पटक भन्दा बढी इरानको भ्रमण गरेका करण उनले भिसा नपाएका हुन् । अमेरिकाले इरानमा आउजाउ गर्ने व्यक्तिलाई भिसामा कडाइ गरेको छ ।
जाभी टिमसँग अमेरिका जान नपाए पनि उनका लागि खास अनुमतिको व्यवस्था मिलाइने बार्सिलोनाले ट्वीटमार्फत जानकारी गराएको छ । प्रिसिजन टुरका लागि अमेरिका प्रस्थान गरेको बार्सिलोनाले त्यहाँ चारवटा मैत्रीपूर्ण खेल खेल्नेछ ।
क्लबका खेलाडी तथा अन्य पदाधिकारी भने शनिबार नै अमेरिका प्रस्थान गरि सकेका छन् ।
प्रतिक्रिया 4