
काठमाडौं । गायक कमल खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘म गीत हुँ तिम्रो २’ शीर्षकको गीतमा कमललाई गायिका मेलिना मैनालीले गायनमा साथ दिएकी छन् । गीतमा कमलकै शब्द तथा संगीत रहेको छ ।
प्रेमिल भावको गीतको भिडियोमा पुष्प खड्का र एलिजा गौतम फिचर्ड छन् । भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् । शुक्रबार रिलिज गरिएको यो गीत युट्युबको नेपाल ट्रेन्डिङमा समेत परिसकेको छ ।
भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4