+
+

इन्नोसिएस्आर र जय बाबा ईंट्टा उद्योगबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १५:१३

काठमाडौं । दक्षिण कोरियाली इन्नोसिएस्आर र सुनसरी नेपालको जय बाबा ईंट्टा उद्योगबीच गुड ब्रिक्स् सिस्टमलाई बढावा दिन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

इन्नोसिएस्आरले नेपालका विभिन्न भागहरुमा प्रमुख ईंट्टा उत्पादक र निर्माण कम्पनीहरुसँग सम्झौता गरिरहेको छ । गुड ब्रिक्स सिस्टमले उदयपुरमा ईंट्टा उद्योगका लागि बलियो स्थान बनाउने विश्वासका साथ सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्नोसिएस्आरका कार्यकारी अधिकृत साम् युनसुक लीले जय बाबा ईंट्टा उद्योगसँग साझेदारी घोषणा गर्न पाउँदा ज्यादै उत्साहित भएको बताएका छन् । वायु प्रदूषण कम गर्न साथै दीगो व्यापार गर्न तत्परका साथ सहकार्य गरिएको भन्दै उनले त्यस क्षेत्रको ईंट्टाको माग पूरा गर्न गुड ब्रिक्स् सिस्टमबाट आपूर्तिमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

‘माटो, सिमेन्ट र सोयल स्टेबिलाइजरको संयोजनबाट बनेको गुड ब्रिक्स्ले ईट्टाको गुणस्तरका लागि अन्तराष्ट्रिय मापदण्ड र पानी अवशोषणका लागि नेपालको आन्तरिक मापदण्ड दुवैलाई उछिनेको छ । हामीले माग अनुसार बजारमा आपूर्ति गर्न गुड ब्रिक्स्को मापदण्ड अनुरुप नै गुणस्तरीय ईंट्टा बनाउने लक्ष्य राखेका छौं,’ जय बाबा ईट्टा उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठले भने ।

इन्नोसिएस्आर सन् २००८ मा स्थापित ग्लोबल टेक्नोलोजी र्फम हो, जसले “प्रभाव प्रविधि” को प्रयोग गरि एशिया र अन्य मुलुकहरुमा वातावरणीय परिवर्तन ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?