
१ साउन, काठमाडौ । भारतमा पछिल्लो ४८ घण्टाको अवधिमा तीन वटा अन्तर्राष्ट्रिय जहाजको आपतकालीन अवतरण भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सबै जहाजहरुमा प्राविधिक समस्याका कारण आपतकालीन अवतरण गर्नु परेको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयका अनुसार भारतको कालीकट, चेन्नई र कोलकतामा शुक्रबार र शनिबार यी जहाजको आपतकालीन अवतरण भएको हो ।
शारजहाबाट कोचीनका लागि आइरहेको एयर अरेबियाको जहाज हाइड्रोलिक फेल भएपछि कालीकटमा आपतकालीन अवतरण गर्नु परेको थियो । इथियोपियन एयरलाइन्सको अर्को जहाज कोलकतामा आपतकालीन अवतरण गरेको छ । श्रीलंका एयरलाइन्सको अर्को जहाज समेत हाइड्रोलिक समस्याका कारण चेन्नई विमानस्थलमा आपतकालीन अवतरण गरेको समाचारमा उल्लेख छ । भारतीय नागरिक उड्डयन निर्देशनालयले यी सबै घटनाको विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4