
काठमाडौं । सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ ।
बैंकले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अष्ट्रेलियन डलर आदिका खाताहरुमा महिनै पिच्छे व्याज दिन लागेको जानकारी दिएको छ ।
यो योजनामा बचत खाता, कल खाता तथा सम्पूर्ण खताहरुमा लागू भएको छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।
मुद्दती निक्षेप रकम परिपक्कता पश्चात एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने छ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपमा ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडित कार्ड लिन सक्ने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।
त्यस्तै मासिक बचत गरी अधिकत्तम व्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त व्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ खाता समेत सुरु गरेको छ । यसमा भविष्यमा व्याज घट्ने चिन्ता समेत नहुने बैंकको भनाइ छ ।
प्रतिक्रिया 4