+

सावित्रा पुन: गोकुलम केरालामा आबद्ध

२०७९ साउन  २ गते ७:२९ २०७९ साउन २ गते ७:२९
सावित्रा पुन: गोकुलम केरालामा आबद्ध

 २ साउन, काठमाडौं । नेपाली महिला फुटबलकी ‘गोल मेसिन’ सावित्रा भण्डारी ‘साम्बा’ भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी छन् ।

गोकुलम केरलाले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सावित्रालाई अनुबन्ध गरेको सार्वजनिक गरेको हो ।

सावित्राले एक वर्षका लागि क्लबसँग सम्झौता गरेको गोकुलमले जनाएको छ ।

सावित्राले यसअघि पनि गोकुलमबाट खेलिसकेकी छन् । एपीएफबाट घरेलु फुटबल खेल्ने उनले गोकुलमलाई इन्डियन वुमन लिगको उपाधि जिताउन महत्वपूर्ण योगदान गरेकी थिइन् ।

गत वर्ष भने चोटका कारण सावित्रा लामो समय मैदान बाहिर रहिन् । जसका कारण उनले एएफसी महिला एसियन कप छनोट समेत गुमाएकी थिइन् ।

सावित्राले नेपालका लागि कीर्तिमानी ३८ गोल गरेकी छन् । उनले सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरिन् र त्यही खेलमा गोल पनि गरिन् ।

गोकुलम केरेला एफसी सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय