२ साउन, काठमाडौं । अमेरिकामा भइरहेको विश्व एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत पुरुष म्याराथन नेपाली धावक कृष्ण बहादुर बस्नेत ५४ औं स्थानमा रहेर सकाएका छन् ।
३३ देशका कुल ६३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा म्याराथन पूरा गर्नेमध्ये कृष्ण अन्तिम अर्थात ५४औं स्थानमा रहे । बाँकी ९ खेलाडीले दौड पूरा गर्न सकेनन् ।
आइतबार भएको पुरुष म्याराथनमा कृष्णले निर्धारित दूरी (४२.१९५ किलोमिटर दौड) २ घण्टा २४ मिनेट १९ सेकेण्डमा पूरा गरे । यो उनको सिजन बेस्ट टाइमिङ हो ।
उनको इन्ट्री टाइमिङ २ घण्टा २१ मिनेट २५ सेकेण्ड थियो । उनले गत फागुनमा भएको प्रधानसेनापति म्याराथन भने २ घण्टा १९ मिनेट ५७ सेकेण्डमा पूरा गरेका थिए ।
पुरुष म्याराथनमा इथोपियाका टोला टामिराटले २ घण्टा ५ मिनेट ३६ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । इथोपियाकै गेरेमिउ मोसिनेटले रजत र बेल्जियमका बसिर अब्दीले कांस्य जिते ।
प्रतिक्रिया 4