
२ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ । आजको दिन महिलाहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् ।
देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज बिहानैदेखि व्रतालु महिलाहरू भक्तिभाव व्यक्त गर्न पुगेका छन् ।
साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू बिहानै मन्दिर पुगेका हुन् ।
पशुपतिका केही तस्वीरहरू
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4