
२ साउन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ छ । आइतबार छापावाल सुनको मूल्य ९३ हजार ६ सय र तेजावी सुनको मूल्य ९३ हजार एक सय रुपैयाँ थियो ।
यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार १६५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार १६० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4