
२ साउन, मोरङ । गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २ तोलाको मंगलसुत्र-१ थान, घाँटीमा लगाउने चेन, कानमा लगाउने झुम्का, औठी, तिलहरी, पाउजु र ४६ हजार नगद बरामद गरेको छ ।
पक्राउ परेको उनीमाथि चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4