२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने भनिएको कार्यसमिति बैठक स्थगित भएको छ ।
एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिए ।
‘अध्यक्षज्यू बिरामी भएकोले बैठक स्थगित भएको छ । अब अर्को सूचनामा बैठक कहिले बस्ने जानकारी गराइन्छ’ उनले भने । अध्यक्ष नेम्वाङ हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया 4