+

कप्तान सन्दीपले गरे अमेरिकी बलर अली खानको प्रतिवाद

२०७९ साउन  २ गते १६:१८ २०७९ साउन २ गते १६:१८
कप्तान सन्दीपले गरे अमेरिकी बलर अली खानको प्रतिवाद

२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली समर्थक सबैभन्दा खराब भन्ने प्रतिक्रिया दिएपछि नेपालका कप्तान सन्दीप लामिछानेले प्रतिवाद गरेका छन् ।

क्रिकेट पत्रकार तथा क्रिकेट कमेन्टेटर पिटर डेला पेनाले कमेन्ट्री गर्दा नेपालको विपक्षमा बोलेको भन्दै एक जना नेपाली समर्थकले पठाएको व्यक्तिगत संदेशबारे लेखिएको ट्वीटमा प्रतिक्रिया दिँदै खानले नेपाली समर्थक सबैभन्दा खराब भनेका थिए ।

जसको प्रतिवाद गर्दै कप्तान सन्दीपले नेपाली समर्थकको पक्षमा ट्वीट लेखेका छन् । ‘मेरा एक क्रिकेट सहकर्मीबाट नेपाली क्रिकेट समर्थकको बारेमा घृणात्मक टिप्पणीको आश मैले गरेको थिइन । नेपालीहरुले आफ्नो सास सरह क्रिकेटलाई माया गर्छन्, क्रिकेटप्रेम उनीहरुको रगतमा मिसिएको छ । उनीहरु विश्व क्रिकेटको एक अभिन्न अंग हुन्, खेलकुदले मानिसहरुलाई विभाजित होइन, एकताबद्ध गराउनुपर्छ,’ सन्दिपले लेखेका छन् ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय