
२ साउन, काठमाडौं। काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्मा आउन सक्ने भएकाले साँझ तटीय क्षेत्रमा उच्चा सतर्कता अपनाउन आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौंको विष्णुमती र धोबीखोलामा जलाधारमा भारी वर्षा भएको छ।आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’
महाशाखाका अनुसार विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिलिमिटरले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4