+

बेन स्टोक्सले एकदिवशीय अन्तर्राष्ट्रियबाट सन्यास लिने

२०७९ साउन  २ गते १५:०१ २०७९ साउन २ गते १५:०१
बेन स्टोक्सले एकदिवशीय अन्तर्राष्ट्रियबाट सन्यास लिने

२ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका छन् ।

दक्षिण अफ्रिकासँग मंगलबारदेखि सुरु हुने शृंखलाको पहिलो खेल खेलेपछि उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः देखिने छैनन् ।

३१ वर्षीय स्टोक्सले सन् २०११ मा आयरल्याण्डविरुद्दको खेलमा एकदिवसीय डेब्यू गरेका थिए । १०४ एकदिवशीय अन्तर्राष्ट्रियमा उनले ब्याटिङतर्फ ३ सतकसहित २ हजार ९१९ रन तथा बलिङतर्फ ७४ विकेट लिएका छन् ।

स्टोक्स अप्रिलमा इंग्ल्याण्डको टेष्ट कप्तान बनेका थिए । उनी टी–२० मा भने इंग्ल्याण्डका लागि उपलब्ध हुनेछन् । ‘तीनै फर्म्याट अहिले मेरा लागि असम्भव जस्तै भएको छ ।

यो निर्णय स्वभाविक रुपमा कठिन छ । मैले इंग्ल्याण्डका लागि आफूले खेलेका सबै खेल सम्झिएको छु । हामीले यसबीचमा अविश्वसनीय यात्रा तय गरेका छौं,’ स्टोक्सले भने ।

सन् २०१९ मा एकदिवशीय विश्वकप फाइनलमा न्युजिल्याण्डविरुद्ध निर्णायक प्रदर्शन गरी प्लेयर अफ द फाइनल बनेका स्टोक्सलाई यहीकारण सबैले स्मरण गर्नेछन् ।

आफ्नो टिमलाई सुपरओभरसम्म पुर्‍याउन उनले अविजित ८४ रनको पारी खेलेका थिए ।

बेन स्टोक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय