
२ साउन,काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने बताएका छन् ।
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा दफावार छलफल गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधि भित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गरे ।
योगमायाले सङ्घर्ष र साधना गरेको स्थान केन्द्रित गरेर योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गरिने र आवश्यकता अनुसार प्रदेश स्तरमा पनि विश्वविद्यालय खोल्न सकिने गरी विधेयक ल्याउन लागिएको बताए । मन्त्री पौडेलले तत्काल समितिबाट विधेयक पास गर्न सांसदहरूलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4