
२ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो ।
एमाले सांसदहरु कृष्णभक्त पोखरेल, विन्दा पाण्डे, शान्तिमाया पाख्रिनलगायतले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
संशोधन प्रस्ताव दर्ता गराउनेमध्येकी एक सांसद शान्तिमाया पाख्रिनले भनिन्, ‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएकाले संशोधन प्रस्ताव दर्ता गराएका हौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4