
३ साउन, काठमाडौं । मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् ।
मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले मनसुनको न्यून चापीय रेखा एक, दुई दिन भित्रमै सक्रिय हुने र वर्षा हुने बताएकी छन् ।
‘मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुईवटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ’ उनले भने, ‘…वर्षाको क्रमसँगै विस्तारै शितल अनुभव गर्नसक्छौं । अहिले ब्रेककै स्थिति छ । विस्तारै यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदाखेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ ।’
मौसमविद् पोखरेलले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया 4