
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा माग्दै असार ३१ मा प्रदेश सभा बाहिर भएको प्रदर्शन ।
३ साउन, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नै बहिस्कार गरेको छ ।
सरकारले आफूहरुलाई सत्ता सहयात्रीको व्यवहार नगरी आफूखुसी विधेयकहरु ल्याएको र एकलौटी ढंगले संसद सञ्चालन गरेको भन्दै माओवादीले बैठक बहिस्कार गरेको हो ।
नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेकाले बैठक बहिस्कार गरेको माओवादी सचेतक कृष्णा शाहले बताइन् ।
पूर्वमन्त्री भण्डारीले प्रदेश सभामा दर्ता गराएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयकलाई पारित गरिनुपर्ने माओवादीको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4