
३ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९’ र ‘प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गरेको छ ।
अक्षरांकन पद्धति लागू भएपछि डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रममा भर्ना हुनका लागि प्रवेश परीक्षाको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज २.० प्राप्त गरेको हुनु पर्ने वा एसईई उत्तीर्ण भई परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एसएलसी प्रि डिप्लोमा तहको कुल पूर्णङ्क ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने निर्देशिकाले प्रावधान राखेको छ ।
त्यस्तैगरी प्रि डिप्लोमा तहमा अक्षरांकन पद्धति लागू हुनु पूर्व मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण भएको, अक्षरांकन पद्धति लागू भए पश्चात र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट लेटर ग्रेडिङ्ग पद्धति, २०७८ लागू हुनु पूर्व एसईईका सम्पूर्ण विषयको परीक्षामा समावेस भई न्यूनतम ई ग्रेड प्राप्त भएको, अक्षरांकन पद्धति लागू भए पश्चात र नेपाल सरकार, शिक्षा मन्त्रालयबाट लेटर ग्रेडिङ्ग पद्धति, २०७८ लागू भए पश्चात एसईईका सम्पूर्ण विषयको परीक्षामा समावेस भई ग्रेड सिट प्राप्त गरेका विद्यार्थीले यो तहमा अध्ययनका लागि भर्ना हुन पाउने प्रावधान राखेको छ ।
प्रतिक्रिया 4