+
+

सिभिल सहकारी प्रकरण : इच्छाराज तामाङ पत्नी पनि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १९:३०

३ साउन, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् ।

ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको महतोले बताए ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?