
४ साउन, काठमाडौं । आज बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् ।
डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् ।
पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ । धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे जनाएको छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने मौसमविद् मञ्जु बासीले बताइन् ।
सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4