
४ साउन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
बधुबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो
बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार १६५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी तोलामा १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4