
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड वर्ल्ड कन्फेडेरेसन अफ विजनेस (वर्ल्डकब) द्वारा आयोजना गरिएको विजनेस एक्सिलेन्स् अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ ।
विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सृजनात्मक अभ्यास आदि) मा मूल्यांकन गरी मुक्तिनाथ विकास बैंक सम्मानित भएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘विजनेस एक्सलेन्स सर्टिफिकेट’ द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘विजनेस एक्सलेन्स सर्टिफिकेट’ (वर्ल्डकब) ले सम्मानित गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नवीनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकको भनाइ छ ।
सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरका १३० वटा देशहरुका ३ हजार ५०० भन्दा बढी व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’ को एसएमई फाइनन्सियर अफ दी इयर–एसिया विधामा पनि बैंक सम्मानित भएको थियो ।
प्रतिक्रिया 4