+
+

विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेका हेटौंडा क्याम्पसका २ कर्मचारी निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १४:०७

४ साउन, हेटौंडा । चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ ।

उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर दुव्र्यवहार गरेको आरोप छ ।

यस्तै घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ । क्याम्पस प्रमुख डा. देवचन्द्र भट्टको संयोजकत्वमा गठित समितिले ३ दिनभित्र प्रतिवेदन दिने छ ।

छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?